शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज सोमबार रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उनी शुक्रबार पक्राउ परेका थिए ।

    उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको हो । त्यसपछि लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो ।

     शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले उनलाई जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो । लामिछानेलाई अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ । 

    सुप्रिम ठगी मुद्दामा यसअघि माघ १३ गते लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार