शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वराजाको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनु हुन्थ्योः शंकर पोखरेल

पूर्वराजाको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनु हुन्थ्योः शंकर पोखरेल

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • पूर्वराजाको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनु हुन्थ्योः शंकर पोखरेल

    सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूले नेपालगञ्जस्थित विपिको शालिकमा मोसो दल्ने र तोडफोड गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले राजतन्त्र होइन, राजसंस्था पुनःस्थापनाको आन्दोलनमा राप्रपा भन्नेहरूले नेपालगञ्जमा विपिको शालिकमा मोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

    उनले आज आइतबार सामाजिक सञ्जालमा लेख्दै भने, ‘राजतन्त्र होइन, राजसंस्था पुनःस्थापनाको आन्दोलनमा हो राप्रपा भन्नेहरुले नेपालगञ्जमा विपिको शालिकमा मोसो दल्ने र तोडफोड गर्ने धृष्टता गरेछन् । अब आफैं बुझ्नुहोस राजावादीहरू के चाहन्छन्?

    पोखरेलले अगाडि लेखेका छन्, ‘नेपालमा लोकतन्त्र र राजसंस्था सँगै जान सक्दछ भन्नेहरूले पूर्वराजा ज्ञानेन्द्रको शासन बेहोर्नु परेको भए विपि पनि गणतन्त्रका पक्षमा उभिनु हुन्थ्यो । किनकि विपिको समयमा विपिभन्दा बढी नै संवैधानिक राजसंस्थाका हिमायती हुनुहुन्थ्यो गिरिजाप्रसाद कोइराला ।’

    राजावादीहरूले शनिबार साँझ राँके जुलुस निकालेका थिए । सोही क्रममा उनीहरूले वीपी कोइरालाको नेपालगञ्जस्थित शालिकमा हिजो साँझ कालोपोत्ने (कालो कपडाले ढाक्ने) सहितका हर्कत गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार