शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

चैत्र २४, २०८१ आइतवार
चैत्र २४, २०८१ आइतवार
  • शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

    नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् ।

    यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ। ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनु हुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं ।’

    शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।

    शिक्षक आन्दोलन लम्बिँदै जाँदा देशभरका विद्यालयका शैक्षिक गतिविधि र एसईई परीक्षाको उत्तरपुस्तिका परीक्षणलगायत कार्य प्रभावित भएको शिक्षा मन्त्रालयले जनाएको छ । चैत १८ मा एसईई परीक्षा सकिएर उत्तरपुस्तिका संकलन भइरहेको छ । शिक्षक आन्दोलन नरोकिए एसईईको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ शिक्षा मन्त्रालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ। उनीहरूले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका छन् ।

    सरकारले बैठकमा बोलाए पनि शिक्षकहरू छलफलमा गएका छैनन् । बिहीबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले शिक्षकहरूको माग सम्बोधन गर्ने भनेर शुक्रबार बस्ने गरी वार्तामा बोलाएका थिए । सिंहदरबारमा शुक्रबार वार्ता टोली शिक्षकहरूलाई कुरेर बसे तर शिक्षकहरू वार्तामा गएनन् । शिक्षकहरू नगएपछि सरकारले पुनः वार्तामा बोलाएको थियो ।

    शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सिंह शिक्षकहरुको माग सम्बोधन गर्ने अवस्थाको सुनिश्चित नभएसम्म वार्तामा नजाने बताउँछन्। उनले वार्ता र सहमति ०८० को असोजमै भइसकेको बताए । ‘वार्ता, छलफल र सहमति अगाडि नै भइसकेको छ। हामी त्यसको कार्यान्वयन माग्न काठमाडौं आएका हौं । फेरि वार्तामै बसेर किन समय खेर फाल्नु,’ उनले भने । सरकारले शिक्षकहरुलाई ढाँटेकाले पनि यथास्थितिमा वार्ताको औचित्य नरहने उनले बताए । यसैबीच हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकमा माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै आन्दोलन गरेर दुःख नपाउन आग्रह गरेका थिए।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार