शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

उपप्रमुख सुनिता डंगोल वेल्जियम प्रस्थान, युरोपियन युनियनको निमन्त्रणा

उपप्रमुख सुनिता डंगोल वेल्जियम प्रस्थान, युरोपियन युनियनको निमन्त्रणा

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • उपप्रमुख सुनिता डंगोल वेल्जियम प्रस्थान, युरोपियन युनियनको निमन्त्रणा

    काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छन् ।  त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ । 

    Photo.jpg

    युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरुसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय र साझेदारीका अभ्याससँग सम्बन्धित विषयमा बैठक हुनेछ । यसैगरी संसद सञ्चालन र विधायिकी अभ्यासका विषयमा संसद सदस्यहरुसँग छलफल हुनेछ । 

    यस्तै लक्जेम्बर्गमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान (अल्टरनेटिभ डिस्प्युट रिजोलेसन (ए. डि. आर.) को अभ्यास अवलोकन गर्ने कार्य तालिका छ । 

    Photo2.jpg

    स्थानीय तह (स्थानीय सरकार) का प्रतिनिधिहरुसँग सहरी विकास वितरण र व्यवस्थापन तथा स्थानीय शासन व्यवस्थापन र प्रवर्धनमा तहगत दायित्वका विषयमा कुराकानी हुनेछ । यस क्रममा उनले काठमाडौं महानगरपालिकाका सम्भावना र असल अभ्यासका विषयमा जानकारी गराउने कार्यक्रम छ ।  

    यस क्रममा रचनात्मक उद्योगसँग सम्बन्धित कार्यहरु, नेपाली सभ्यता, मौलिक र परम्परागत कला, संस्कार, संस्कृति र सांस्कृतिक सम्पदा गरिमासँग सम्बन्धित विषय समेटिनेछन् । यस्तै लैङ्गिमैत्री सहर निर्माणका प्रयास, स्थानीय विवाद समाधानमा महिला सञ्जालको गठन र सञ्चालन, वडास्तरीय मेलमिलाप कक्षसँग सम्बन्धित विषय समेटिनेछन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार