शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रुपन्देही प्रहरीको हिरासतमा रवि

रुपन्देही प्रहरीको हिरासतमा रवि

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • रुपन्देही प्रहरीको हिरासतमा रवि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

    बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामै राख्न शुक्रबार दिएको आदेश कार्यान्वयनका लागि उनलाई आजै बिहान रुपन्देही पुर्‍याइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले पूर्व गृहमन्त्री लामिछानेलाई आज बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय ल्याई पुर्‍याइएको जानकारी दिए ।

    उनलाई यति एयरलाइन्सको जहाजबाट भैरहवा ल्याइएको हो । शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले उनलाई गए राति पक्राउ गरेको थियो ।


    गोर्खा मिडियाका तत्कालीन पूर्वप्रबन्ध निर्देशक रहेका लामिछानेलाई सहकारी ठगी र संगठित अपराध मुद्दाको अभियोगमा जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो । आदेश चित्त नबुझेकोले पुनरावेदनका लागि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु र लामिछाने धरौटी खारेजीको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।

    जसको शुक्रबार न्यायाधीश शुक्रबार न्यायाधीश रमेश ढकाल र स्वीकृती पराजुलीको इजलास सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । अदालतमा उपस्थित गराउनुपर्ने भएकोले सार्वजनिक बिदापश्चात सोमबार लामिछानेलाई अदालतमा पेश गरेर कारागार पठाइने रुपन्देहीका एसपी रंजितसिंह राठौरले बताए । उनका अनुसार आज र भोलि सार्वजनिक बिदा रहेकोले त्यस अवधिसम्म उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिनेछ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार