शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सहकारी ठगी प्रकरणः रविलाई पहिलो उडानबाटै भैरहवा लाने, पुर्‍याइयो विमानस्थल

सहकारी ठगी प्रकरणः रविलाई पहिलो उडानबाटै भैरहवा लाने, पुर्‍याइयो विमानस्थल

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • सहकारी ठगी प्रकरणः रविलाई पहिलो उडानबाटै भैरहवा लाने,  पुर्‍याइयो विमानस्थल

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा लाने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतबाट निकालेर त्रिभुवन विमानस्थल पुर्‍याइएको छ ।

    शुक्रबार राति निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले विमानमार्फत भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

    संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

    बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार