शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्न सक्छन्, प्रतिवाद गर्न आजै जाँदैछौंः प्रचण्ड

प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्न सक्छन्, प्रतिवाद गर्न आजै जाँदैछौंः प्रचण्ड

‘सत्य निरूपण र बेपत्ता नागरिकसँग सम्बन्धित आयोग दुई महिनाभित्रै बन्छ’

चैत्र २२, २०८१ शुक्रवार
चैत्र २२, २०८१ शुक्रवार
  • प्रतिगामीहरूले काठमाडौंमा अझै हत्या हिंसा गर्न सक्छन्, प्रतिवाद गर्न आजै जाँदैछौंः प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू कमजोरी सच्चाएर वर्ग, समुदाय र मुद्दासहित जनतातिर फर्किएको बताएका छन् । हुलाकी मार्ग केन्द्रित अभियानअन्तर्गत बर्दियाको गुलरियामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले फेरि एक पटक ०६४ कै जस्तो ठूलो पार्टी बनेर देशको नेतृत्व र जनताको पक्षमा काम गर्ने अवसर दिन अपील गरे ।

    माओवादी सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक विकासमा गरेका अभियानले जनतामा आशा पलाएको जिकिर गर्दै अध्यक्ष दाहालले भारत, चीनलगायत अन्तर्राष्ट्रिय भ्रमणका बखत गरेका सहमति, समझदारीहरूले देश र जनताको पक्षमा महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गरे ।

    अन्तर्राष्ट्रिय सम्मेलनका मञ्चमा खाद्यलगयत जलवायु परिवर्तनसम्बन्धी गरेको माओवादी सरकारको नेतृत्वले जनतामा नयाँ आशा भरोसा विजारोपणको सुरुवात भइरहेको उनको भनाइ छ । माओवादी सरकारले गरेको सुशासन, सामाजिक न्याय र आर्थिक विकासका प्रयासहरू दलाल एवं विचौलियाहरूको निम्ति सह्य नभएपछि सरकार हटाएर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले नयाँ सरकार बनाउने काम गरेको उनले बताए ।

    सरकार परिवर्तनपश्चात सदनमा अप्राकृतिक गठबन्धनको सरकारको खबरदारी गर्ने आफूले प्रतिबद्धता गरेअनुरुप अभियान सुरु गरी बर्दिया आइपुगेको सुनाए । बर्दियाको बढैयाताल गाउँपालिका र गुलरिया, मधुवन, ठाकुरबाबा नगरपालिकाको कार्यक्रम सकेर शुक्रबारै काठमाडौं फर्किने उनले बताए । अध्यक्ष प्रचण्डले राजावादीहरूको प्रतिवाद गर्नको लागि नेवार समुदायले काठमाडौंमा भेला गर्न लागेको बताएका छन् ।

    जागरण अभियान लिएर बर्दिया पुगेका प्रचण्डले गुलरिया नगरपालिकाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै काठमाडौंको भेलाको तयारी गर्न आजै फर्किन लागेको बताए । उनले भने, ‘आजै हामी काठमाडौं जानुपर्नेछ । काठमाडौंमा पनि हामीले लगातार प्रतिवाद गरिराख्नु पर्ने अवस्था छ । काठमाडौंमा पनि लगातार हामीले हस्तक्षेप गरिराख्नु पर्नेछ । नत्र प्रतिगामीहरूले अझै बढी आगजनी, हत्या हिंसा गर्न सक्ने भएकाले हामीले पर्सी नेवार बुद्धिजीवी र नेताहरूले भेलाद्वारा हामीले ठूलो नेवार समुदायको सम्मेलन गर्ने र हजारौँ उपस्थित गराएर खबरदारी गर्ने सोचेका छौं । त्यसको तयारी गर्न आजै फर्किदैछौं ।’

    ‘सत्य निरूपण र बेपत्ता नागरिकसँग सम्बन्धित आयोग दुई महिनाभित्रै बन्छ’
    अध्यक्ष प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग दुई महिनाभित्रै बन्ने बताएका छन् । ‘मेरै नेतृत्वको सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनका लागि विधेयक पारित गर्नु थियो प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट, मैले आफँले कार्यदल बनाई राजनीतिक सहमति बनाएर दुबै सदनबाट त्यो पारित भएको छ र अब सत्य निरूपणसँग सम्बन्धित आयोग र बेपत्ता नागरिकसँग सम्बन्धित आयोग छिट्टै बन्दैछन्,’ उनले थपे, ‘सिफारिस समिति पनि सहमतिले बनिसकेको छ । दुई महिनाभित्र आयोग बनेपछि शहीद, बेपत्ता, घाइते, अपाङ्ग तथा जेलनेल बसेका सबै साथीहरूलाई पनि केही न केही राहत हुनेछ ।’

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार