सरकारले गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। गृहमन्त्री रमेश लेखकको मन्त्रिस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई सरकारको तर्फबाट १०/१० दिइने भएको हो ।
गृहमन्त्रीस्तरीय निर्णयबाट दुवैजना मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने निर्णय भएको हो। मृतकका परिवारलाई राहतस्वरुप सरकारको तर्फबाट यो सहयोग दिन लागिएको गृहमन्त्री लेखकका प्रेस सल्लाहकार शेरबहादुर सिंंहले बताए ।
दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहको उग्र प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको तीनकुनेस्थित मार्बल हाउसमा जलेर मृत्यु भएको थियो ।
उया कीर्तिपुर निवास यातायात मजदुर महर्जनको भने गोली लागेर ज्यान गएको थियो । उनीहरू दुवैको पोस्टमार्ट रिपोर्ट पनि आइसकेको छ ।