शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

विश्वप्रकाशको प्रश्नः तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन्?

विश्वप्रकाशको प्रश्नः तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन्?

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • विश्वप्रकाशको प्रश्नः तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन्?

    नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घट्नामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन्  । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवाहरुलाई ह्दय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे । 

    उनले भने,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर निर्मल निवासलाई दुखेन नागरिक मर्दैगर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरुलाई म भन्न चाहन्छु–तीनकुने घट्नाले तपाईको ह्दयलाई दुख्दै गर्दा  ह्दय नदुख्ने कस्तो राजा तपाईहरुले परिकल्पना गर्दै हुनुहुन्छ ?’

    त्यस्तै उनले गणतन्त्रको विकल्प खोज्ने भन्दापनि यसको प्रकृयामा सुधार गर्नुपर्ने बताएका छन्  । ‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको मात्र वरीपरी घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ । बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला । तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने संभावना छ ?’ भन्दै प्रश्न गरे ।


    उनले भने,‘आज कसैले गणतन्त्रको विकल्प खोज्दै छ भने बिग्रिएको मोटर बनाउन जोडेर गोरुगाडातर्फ फर्कने काम कसैले नसोचुन । युवाहरुलाई राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम छ । आजको युवा जमेको पोखरी जस्तो तेतृत्व चाहन्छ कि बगेको नदी जस्तो ? प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको वरीपरी घुम्न थाल्यो । राजा ल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ । प्रश्न असन्तुष्टि छ । तर प्रकृया के त ? बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने छैन् ।’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार