शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिँदै

कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिँदै

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • कुलमान बर्खास्तीबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिँदै

    प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउनुको कारणबारे आज सोमबार संसद्‌मा जवाफ दिँदै छन्।

    एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले आइतबार सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा कुलमानबारे प्रधानमन्त्रीले सोमबार प्रतिनिधि सभा बैठकमा जवाफ दिने जानकारी गराएका हुन्।

    कार्यकाल ४ महिना बाँकी छँदै हटाइएका कुलमानका विषयमा प्रधानमन्त्रीले संसद्‌मै जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलले लगातार सदन अवरुद्ध गरिरहेका छन्। 

    आज पनि बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ। सरकारले यही चैत ११ गते कुलमानलाई हटाउँदै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि विपक्षी रुष्ट छ। राम्रो काम गरिरहेका उनलाई पूरा कार्यकाल रहन दिनुपर्ने माग विपक्षीको छ। 


    कुलमानले पनि आफ्नो पुर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा सरकारविरुद्ध मुद्दा हालेका छन्। अदालतले उनको रिट निवेदन सुनुवाइ गर्ने मंगलबारका लागि पेसी तोकेको छ।

    यसअघि आइतबार रिट सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलास तोकिए पनि हेर्न नमिल्ने जानकारी गराइएको थियो।

    विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी वकिल रहेको र उनी प्रधानन्यायाधीश राउतका ल फर्मका पूर्वसाझेदार भएको कारण कुलमानको रिट ‘हेर्न नमिल्ने’मा परेको हो।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार