शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रतिनिधिसभा बैठक दोस्रो पटक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभा बैठक दोस्रो पटक सूचना टाँसेर स्थगित

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • प्रतिनिधिसभा बैठक दोस्रो पटक सूचना टाँसेर स्थगित

    प्रतिनिधिसभा बैठक आइतबार दोस्रो पटक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो ।

    यसअघि बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो १ः१५ बजेका लागि सारिएको थियो ।

    विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रतिपक्षी सांसदहरुले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका छन् । आइतबारको बैठकमा भने सदन चल्नु पर्ने माग गर्दै सत्तापक्षका सांसदहरु पनि विरोधमा उत्रिएका थिए ।

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको बैठकमा बोल्नका लागि समय मागेको जानकारी गराए पनि प्रतिपक्षी दलहरुले आजै उपस्थित हुनु पर्ने माग गरेका थिए । विवाद समाधान गर्दै सहमतिको पहलमा अहिले सभामुख घिमिरेले दलहरूसँग छलफल गरिरहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार