शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए रवि

रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए रवि

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • रास्वपा सभापतिको जिम्मेवारीमा फर्किए रवि

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पार्टीको जिम्मेवारीमा फर्किएका छन् । उनले भोलिबाट सुरु हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यसूची तय भएको छ । सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।

    उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा सहकारीको मुद्दा चलिरहेको छ । पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो । सोमबार दिउँसो केन्द्रीय समितिको विशेष बैठकबाट रास्वपाले रविलाई पार्टीमा फर्काउने भएको हो । दिउँसो ३ बजेदेखि निरन्तर दुई वटा बैठक घण्टीघरमा राखिएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनका अनुसार ३ बजेको पहिलो बैठकमा कावा सभापति अर्यालले धन्यवाद ज्ञापन गरेसँगै समापन हुनेछ । दोस्रो बैठकको सभापतित्व लामिछानेले गर्नेछन् । लामिछानेसहितको बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ हुनेछ । 

    त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिकालगायत पनि छलफलको एजेण्डामा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार