शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एकीकृत समाजवादीको कार्यालय तोडफोड, सामान निकालेर जलाइयो

एकीकृत समाजवादीको कार्यालय तोडफोड, सामान निकालेर जलाइयो

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • एकीकृत समाजवादीको कार्यालय तोडफोड, सामान निकालेर जलाइयो

    राजावादी प्रदर्शनकारीहरूले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा तोडफोड गरेका छन्। कार्यालयबाट सामान निकालेर आगो समेत लगाएका छन् । तीनकुनेमा तोडफोड र आगजनी गरेका प्रदर्शनकारीले आलोकनगरस्थित नेकपा एसको कार्यालय तोडफोड गरेका हुन् ।

    पार्टीका नेताहरू समाजवादी मोर्चाको प्रदर्शनका लागि भृकुटीमण्डपमा रहेका बेला तोडफोड भएको हो । अहिले प्रदर्शनकारीले समाजवादीको कार्यालयमा ढुंगा हानिरहेका छन् । त्यसअघि कोटेश्वरमा नेपाल प्रहरीको गाडीमा पनि आगजानी भएको थियो ।

    तीनकुनेमा प्रदर्शनमा उत्रिएका राजावादी प्रदर्शनकारीको भीडले कोटेश्वरमा पुगेर नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोको गाडीमा आगजनी गरेका थिए ।

    यस प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईं छन् । राजावादीहरूले तीनकुने क्षेत्रका घरमा तोडफोड गर्नुका साथै आगो पनि लगाइदिएका थिए । प्रहरी बिटलगायत धेरै सार्वजनिक संरचना समेत तोडफोड गरेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार