शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग

जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • जन्मदिनको अवसर पारेर विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग

    आफ्नो जन्मदिनको अवसर पारेर  प्रकाश गिरीले विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

    पर्वत जिल्लाको जलजला गाउँपालिका–८ लस्ती घर भई अमेरिकाको न्यूयोर्कमा रहेका उनले आफूले पहिले अध्ययन गरेको लस्तीकै शिव माध्यमिक विद्यालयमा उक्त आर्थिक सहयोग गरेका विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विप्लवजंग हमालले बताए।

    जन्मदिनलाई भड्किलो र संस्कृतिमा असर गर्ने गरी मनाउने संस्कार बढिरहेको बेलामा बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माण गर्ने विद्यालयजस्तो पवित्र संस्थामा सहयोग गरेर अरूका लागि पनि प्रेरणाको काम भएको उनको भनाइ छ। विद्यालयप्रतिको माया र सामाजिक उत्तरदायित्वको भावना अनुरूप आफूले जन्मदिनको अवसर पारेर विद्यालयमा सहयोग गरेको गिरीले बताएका छन्।

    उक्त रकमलाई अक्षयकोषका रूपमा राख्ने र त्यसबाट प्राप्त भएको ब्याजबाट गरिब, जेहेन्दार तथा विपन्न परिवारका बालबालिकाहरूलाई शैक्षिक सामग्री खरिद, छात्रवृत्ति लगायतका शिक्षण सिकाई क्रियाकलापमा खर्च गर्न विद्यालयलाई अनुरोध गरेको सहयोगदाता गिरीको भनाइ छ।

    उक्त सहयोग घोषणालाई विद्यालय परिवार र स्थानीय समुदायले प्रेरणादायी कार्यको रूपमा लिएका छन्। गिरीको योगदानले अन्य पूर्वविद्यार्थीहरूलाई पनि आफ्ना शैक्षिक जरा भएका संस्था र समुदायप्रति उत्तरदायी हुन प्रेरित गरेको छ। विद्यालयका अध्यक्ष हमालले विद्यालयलाई थप सशक्त बनाउन सहयोग पुग्ने भन्दै जन्मदिनजस्तो व्यक्तिगत अवसरलाई समाजसेवामा रूपान्तरण गर्नु उदाहरणीय काम भएको बताए।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार