शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

चैत्र १५, २०८१ शुक्रवार
चैत्र १५, २०८१ शुक्रवार
  • दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक बस्दै

    प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थ, गृह, भौतिक पुर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सबन्धी मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संसोधन० विधेयक, २०८०’ का सबन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने भएको छ ।

    सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसबन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । साथै, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खडकाले ‘नवीकरणीय उर्जा तथा उर्जा दक्षतासबन्धी विधेयक, २०८१’ लाई दफावार छलफलको लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि आज बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको गरिएको थियो । प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर आज बिहान ११ः०० सम्म स्थगित गरिएको हो । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक बुधवार अबरोध हुँदै आएको बैठक अझै सुचारू हुन नसकिरहेको आजका लागि बोलाइएको हो । बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग हिजो दिनभर छलफल गरे पनि हल निस्कन नसक्दा बैठक २ दिनदेखि सञ्चालन हुन सकेको छैन् ।

    प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफूले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने बुधवार बताए पछि सत्ता पक्ष र प्रतिपक्ष बिच टक्कर जारी रहेको छ । तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसदमा गएर जवाफ दिनु पर्ने कायमै रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार