शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कारको ठक्करबाट तिलोत्तमाका वडा सदस्यको मृत्यु

कारको ठक्करबाट तिलोत्तमाका वडा सदस्यको मृत्यु

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • कारको ठक्करबाट तिलोत्तमाका वडा सदस्यको मृत्यु

    भैरहवा–बुटवल सडकखण्डको कालिका नगरमा कारले ठक्कर दिंदा एक वडा सदस्यका मृत्यु भएको छ।

    भैरहवाबाट बुटवलतर्फ गईरहेको बा.प्र. ०१–०३१–च५००२ नम्बरको ईभी कारको ठक्करबाट सोही दिशातर्फ गइरहेको लु ३६ प ८४४० नम्बरको मोटरसाइकल चालक ६० वर्षीय खेमराज पाठकको मृत्यु भएको हो ।

    उनी तिलोत्तमा नगरपालिका–२ का वडा सदस्य हुन् । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार मोटरसाइकलले कारलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो ।

    मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए । घटनापछि कार चालक र कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार