शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपालाई ओलीको प्रश्नः मान्छे मारेर थकितको पसिना पुग्छ किन जानु पर्‍यो?

रास्वपालाई ओलीको प्रश्नः मान्छे मारेर थकितको पसिना पुग्छ किन जानु पर्‍यो?

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • रास्वपालाई ओलीको प्रश्नः मान्छे मारेर थकितको पसिना पुग्छ किन जानु पर्‍यो?

    प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलका नेताहरूलाई गलत नगर्न र सही बाटोमा हिँड्न सुझाव दिएका छन् । आज बुधबार काठमाडौंमा युवा संघको स्वयंसेवक भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ राजनीतिक दलहरू सिक्दै अघि बढिरहेको पनि बताए ।

    kp sharma oli2025-03-26-18-06-05.jpg

    उनले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रव मच्चाएका थकित तत्वहरूको संज्ञा दिँदै नयाँ राजनीतिक दलहरूलाई त्यस्ताको पछि नलाग्न पनि आग्रह गरे । नयाँ राजनीतिक दलहरूलाई सामन्तवादी प्रणाली पुनःस्थापित गर्नेहरूको पक्षपोषणमा लागेको आरोप लगाए ।

    उनले भने, ‘अहिले केही नयाँ निस्किन खोजेका छन्, सिक्दै छन् । गलत नगर्न, सही बाटोमा हिँड्न नयाँहरूलाई पनि मेरो सुझाव छ । ती हतियार उठेर थाकेका, क्रान्ति गर्छु भनेर उपद्रव मच्चाएर, कति मान्छे मारेर, विध्वंश मच्चाएर थाकेका, थकित तत्वहरूको पसिना पुछ्न किन जानुपर्‍यो ?’ प्रधानमन्त्री ओलीले आफूहरू धैर्यपूर्वक अघि बढ्ने र देश, विकासको गति, समयको गतिलाई अघि बढ्नबाट कसैले रोक्न खोजे त्यो कुरा सह्य नहुने चेतावनी दिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार