शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • आलोकनगरमा समाजवादी मोर्चाको बैठक

    समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरअघि बैठक सुरु भएको हो ।

    पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेपाल समाजवादी पार्टी छन्। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेसपाका महिन्द्रराय यादव सहभागी छन् ।

    यस्तै माओवादी महासचिव देव गुरुङ, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताहरू पनि बैठकमा सहभागी छन्। एकीकृत समाजवादीले गणतन्त्र रक्षाका लागि सबै जनवर्गीय संगठन परिचालन गर्ने निर्णय गरिसकेको छ ।

    मोर्चाले गणतन्त्रको पक्षमा र प्रतिगमनविरुद्ध विरोध प्रदर्शनसहितको सभा गर्दैछ। त्यसअघि चैत १ गते बुद्धिजीविसँग अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार