शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्रिय सभा बैठक पनि स्थगित

राष्ट्रिय सभा बैठक पनि स्थगित

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • राष्ट्रिय सभा बैठक पनि स्थगित

    प्रमुख प्रतिपक्षी दलको अवरोधकै कारण राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ । दिउँसो ३ः४५ बजे बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरू उठेर अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

    सभामुख नारायण दाहालले बारम्बार अवरोध हटाएर छलफलमा फर्किन आग्रह गरे पनि प्रतिपक्षीले नमानेपछि उनले बैठक स्थगित गर्ने घोषणा गरे । अब राष्ट्रियसभा बैठक चैत १४ गते बिहीबार दिउँसो १२ः४५ बजे बस्नेछ ।

    यसअघि दिउँसो १ः१५ बजे सुरु भएको बैठक प्रतिपक्षीको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर, विशेष कारणबस निर्धारित समयमा बैठक बस्न नसक्ने भन्दै संसद् सचिवालयले बैठकको समय परिवर्तन गरी ३ः४५ मा बोलाएको थियो ।

    सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका सांसदहरूले लगातार अवरोध गरिरहेका छन् । उनीहरूले बैठक सुरु हुनासाथ रोष्ट्रम घेराउ गर्दै विरोध जनाएपछि बैठक चल्न सकेन ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार