शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्

एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्

चैत्र १३, २०८१ बुधवार
चैत्र १३, २०८१ बुधवार
  • एसईई दिएर घर फर्केकी किशोरी मृत भेटिइन्

    बझाङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर घर फर्केकी एक किशोरी मृत भेटिएकी छन् । जिल्लाको केदारस्युँ गाउँपालिका–१, रायलकी १७ वर्षीया आकांक्षा मल्ल घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

    जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार मल्ल मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षा दिएर घर फर्केकी थिइन् । बेलुका कोठामा झुण्डिएको अवस्थामा भेटिएकी मल्लको सुसाइड नोट पनि फेला परेको छ। नोटमा उनले आफू कसैको कारणले नभई आफ्नै कारणले आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छन् ।

    प्रहरीका अनुसार कारण भने उल्लेख छैन । परीक्षा बिग्रेका कारण मल्लले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । केदारस्युँ गाउँपालिका–१, स्थित गर्जेपानी माध्यमिक विद्यालय रायलमा अध्ययरत थिइन्, आंकाक्षा उनका बुवा पूर्ण त्यही विद्यालयका शिक्षक हुन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार