शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

    प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएको छ ।

     मंगलबार विज्ञप्ति जारी गर्दै विचौलिया र दलालहरूको स्वार्थमा गरिएको निर्णय कुशासनको पछिल्लो दृष्टान्त रहेको बताएको छ ।

    ‘यो निर्णय इमान र निष्ठाका साथ काम गर्ने समस्त कुशल प्रशासकमाथिको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको छ । यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

    कुलमान घिसिङलाई हटाउने निर्णय गरेसँगै प्रायोजित दुष्प्रचार सुरु गरिएको माओवादीले जनाएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारप्रति आपत्ति जनाएको छ ।

    ‘आम नागरिकमा भ्रम सिर्जना गर्ने यस्ता दुष्प्रचार तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छौँ । यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा हार्दिक अनुरोध गर्दछु’, माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार