शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

न्याय क्षेत्रलाई सुधारेरै छाड्छुः प्रधानन्यायाधीश

न्याय क्षेत्रलाई सुधारेरै छाड्छुः प्रधानन्यायाधीश

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • न्याय क्षेत्रलाई सुधारेरै छाड्छुः प्रधानन्यायाधीश

    सर्वोच्च अदालतबाट मुख्य न्यायाधिवक्ताको कार्यालयलाई दिइने पेसीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ गरिएको छ ।

    आज मंगलबार सर्वोच्चमा आयोजित एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना पठाउने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।

    त्यस्तै उनले जिल्ला अदालतमा दर्ता हुने विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको समेत सुरुवात गरे । यसबाट मुद्दाको सुनुवाई प्रक्रिया छिटो छरितो हुने तथा अदालतमा न्यून कागजात प्रयोग हुने निकायको रुपमा विकास हुने अपेक्षा गरिएको सर्वोच्चले जनाएको छ ।

    कार्यक्रममा प्रधानन्यायाधीश राउतले प्रविधिमार्फत् हुने सुधारलाई निरन्तरता दिने र यसले न्याय क्षेत्रमा अनियमितता हटाउँदै सेवा सुविधालाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले जसरी भएपनि न्याय क्षेत्रलाई सुधार गरेरै छाड्ने प्रतिवद्धता जनाए । अदालतहरूको मुद्दा व्यवस्थापनलाई सरल, सहज र प्रभावकारी बनाउन सर्वोच्च अदालतले सूचना प्रविधिको प्रयोगमा जोड दिइरहेको उनले बताए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार