शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी

सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • सरकारको निर्णयविरुद्ध अदालत जाने कुलमानको तयारी

    नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्णयविरुद्ध कानुनी उपचारमा जाने तयारी गरेका छन् ।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई पदबाट बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर कुलमानले मन्त्रिपरिषद्को निर्णयपत्र पाए लगत्तै अदालत जाने तयारी गरेका हुन् ।

    असोजदेखि ऊर्जामन्त्री दीपक खड्का र घिसिङबीच सम्बन्ध बिग्रिएको थियो । पछिल्लो पटक मन्त्री खड्काले आफू वा कुलमान रोज्नू भनेपछि घिसिङलाई हटाउन सरकार बाध्य भएको बताइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का कुलमानसँग पहिलेदेखि नै असन्तुष्ट थिए ।

    उनले कुलमानलाई हटाउन पाँचचोटि त स्पष्टीकरण नै सोधेका थिए। मन्त्री खड्काले कुलमानसँग स्पष्टीकरण लिन मन्त्रिपरिषदमै प्रस्ताव लगेका थिए । मन्त्रिपरिषद्ले सोधेपछि पनि कुलमानले स्पष्टीकरण बुझाएका थिए । उक्त स्पष्टीकरण चित्त नबुझेको भन्दै आज उनलाई मन्त्रिपरिषद्ले बर्खास्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार