शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त

नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • नेप्सेको सीईओमा नारद लुँइटेल नियुक्त

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुँइटेल नियुक्त भएका छन् । आज (सोमबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिएका छन् । लुइँटेल तारागाउँ विकास समितिको सदस्य सचिव भइसकेका व्यक्ति हुन् ।

    नेप्सेको नयाँ सीईओ छनोटका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले प्रारम्भिक चरणमा पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो । समितिले नारदकुमार लुइँटेलसँगै चूडामणि चापागाईं, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई अन्तिम चरणको प्रतिस्पर्धामा समेटेको थियो । पाँचै जनाले बुधबार अर्थ मन्त्रालयमा व्यक्तिगत अन्तर्वार्ता दिँदै आ–आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए। कार्ययोजना र अन्तर्वार्ताको आधारमा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मन्त्रिपरिषद्ले लुइँटेलको नाममा टुंगो लगाएको हो ।


    यसअघिको प्रक्रिया अनुसार अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयकै सहसचिव अमृत लम्साल र विज्ञ सदस्य खोमराज खरेल थिए । नेप्सेमा तत्कालीन सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ मा सकिएपछि पद खाली रहँदै आएको थियो। अब लुइँटेलले नेप्सेको सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार