आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभाको अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ ।
आज दिउसो ३ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै आज दिउसो १ बजे बस्ने न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक २०८१ को दफावार छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्