मनिका विश्वकर्मा २०२५ को मिस युनिभर्स इन्डिया बनेकी छिन् । यस वर्षको अन्त्यतिर, उनले थाइल्याण्डमा आयोजना हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने भएकी छन् ।
राजस्थानको जयपुरमा लगातार दोस्रो वर्ष आयोजित एक आकर्षक समारोहमा, मनिका विश्वकर्मालाई मिस युनिभर्स इन्डिया २०२५ को ताज पहिराइएको हो । ग्ल्यामर र प्रतिभाले चिनिएको भव्य समापनमा, मिस युनिभर्स इन्डिया २०२४ रिया सिंघाले आफ्नो उत्तराधिकारी मनिकालाई ताज हस्तान्तरण गरिन् । मनिकाले अब नोभेम्बरमा थाइल्याण्डमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्नेछिन् ।
श्री गंगानगर, राजस्थानकी र हाल दिल्लीमा बस्ने, मनिका राजनीति विज्ञान र अर्थशास्की विद्यार्थी हुन् । उनले यसअघि मिस युनिभर्स राजस्थान २०२४ को उपाधि जितेकी थिइन् ।
प्रतियोगितामा तान्या शर्मा (मिस युनिभर्स उत्तर प्रदेश २०२५) पहिलो रनर-अप, मेहक धिङ्ग्रा दोस्रो रनर-अप र अमिशी कौशिक (मिस युनिभर्स हरियाणा) तेस्रो रनर-अप बनेका छन् ।