आइतवार, भाद्र १ २०८२
आइतवार, भाद्र १ गते २०८२

२०८२, भाद्र १ गते

17th Aug 2025

    आइतवार, भाद्र १ २०८२

विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब ८१ करोड

विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब ८१ करोड

भाद्र १, २०८२ आइतवार
भाद्र १, २०८२ आइतवार
  • विद्युत प्राधिकरणको आम्दानी एक खर्ब ३८ अर्ब, खर्च एक खर्ब २९ अर्ब ८१ करोड

    नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब ३८ अर्ब ८७ करोड आम्दानी गरेको छ । यस बीचमा प्राधिकरणको सञ्चालन खर्च, ब्याजलगायतका सम्पूर्ण खर्च एक खर्ब २९ अर्ब ८१ करोड पुगेको हो ।

    नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्य सम्पादन समिक्षामा अर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल आम्दानी एक खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ रहेको बताए । यो अवधिमा प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भएको छ । भने कुल सम्पत्ति ६ खर्ब ८७ अर्ब ९१ करोड पुगेको छ । ग्राहक संख्या अघिल्लो वर्षको तुलनामा यस वर्ष ४.६ प्रतिशत पुगेको छ । विद्युत् चुहावट ०.४७ प्रतिशतले कमी भई १२.२६ प्रतिशतमा आएको छ ।

    उनका अनुसार सञ्चालन खर्च, ब्याजखर्च लगायतका सम्पूर्ण खर्चहरु सहित आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो । शाक्यका अनुसार, प्राधिकरणको कुल सम्पत्ति ६.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ मा देशभर ५९५ घण्टा विद्युत ट्रिप भएको जनाएको छ । आगामी वर्ष यो संख्या घटाउने लक्ष्यलिँदै प्राधिकरणले ट्रिपको मात्रा कम्तीमा १० प्रतिशतले घटाइने जनाएको छ ।

    उनले भने, ‘गत वर्ष २०८१/८२ मा देशभरीका ग्राहकहरुमा ५९५ घण्टा विद्युत ट्रिप भएको थियो । जुन यो वर्ष घट्ने क्रममा रहेको छ । घटिमा १० प्रतिशत जति ट्रिप कम गरी विश्वसनियता बढाइने छ। आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणको प्रणालीमा ४३४ मेगावाट विद्युत् थपिएको छ । जसमा निजी क्षेत्रबाट २८० मेगावाट विद्युत् उत्पादन थप भएको हो ।

    आर्थिक वर्ष २०८१/८२ मा विद्युत् व्यापारको क्षेत्रमा ऐतिहासिक वर्ष प्राधिकरणले जनाएको छ । नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय विद्युत् निर्यातको सम्झौता भएको छ । जसअनुसार बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरूवात भइसकेको छ ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट