शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले बढ्यो

लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले बढ्यो

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • लक्ष्मी सनराइज बैंकको नाफा ४०.९७ प्रतिशतले बढ्यो

    लक्ष्मी सनराइज बैंकले गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।

    बैंकले यस अवधिमा ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४०.९७ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्षमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ नाफा कमाएको थियो।

    समिक्षा अवधिमा खुद ब्याज आम्दानी भने ७.९९ प्रतिशतले घटेर ११ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ त्यस्तै सञ्चालन नाफा भने ३८.५५ प्रतिशत बढेर ६ अर्ब ९ करोड रुपैयाँ पुगेको छ।

    बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ५ लाख रहेको छ जस अनुसार बैंकको लाभांश क्षमता १२.३४ प्रतिशत रहेको देखिन्छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८६.६३ रुपैयाँ रहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार