शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नेपाल बैंकको नाफा बढ्याे, ब्याज आम्दानी १० अर्ब बढि

नेपाल बैंकको नाफा बढ्याे, ब्याज आम्दानी १० अर्ब बढि

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • नेपाल बैंकको नाफा बढ्याे, ब्याज आम्दानी १० अर्ब बढि

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल बैंकको ३ अर्ब ७७ करोड ३० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.६५ प्रतिशत बढी हो । त्यसबेला बैंकले २ अर्ब ८४ करोड ४२ लाख ३७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    गत आवमा बैंकले खुद ब्याज आम्दानी १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ गरेको छ । बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ४९ लाख, सञ्चालन आम्दानी ११ अर्ब ९४ करोड ३९ लाख र सञ्चालन नाफा ५ अर्ब ४१ करोड लाख ८६ हजार रुपैयाँ रहेको छ ।

    बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक छ । बैंकको लाभांश क्षमता पनि ऋणात्मक रहेको छ । बैंकको प्रति शेयर आम्दानी २५.६८ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ छ ।

    चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २३ अर्ब ९३ करोड २० लाख रुपैयाँ रहेको छ । गत आवमा बैंकले ३ खर्ब ३२ अर्ब २ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब २१ अर्ब ७० करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ४.४७ प्रतिशत छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार