शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

    नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको लिग खेल्ने भएका छन् ।  चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका हुन् ।

    किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् । सन् २००७ देखि राष्ट्रिय टोलीको गोलकिपरको रुपमा खेल्दै आएका ३५ वर्षीय किरण पछिल्लो समय क्लबविहीन थिए । यो उनको चौथो विदेशी क्लब हो । 

    यो सम्झौतासँगै किरण नेपाली राष्ट्रिय टिमका सहकर्मी आयुष घलानसँगै लिग खेल्ने भएका छन् । २१ वर्षीय घलान पनि बंगलादेश पुलिस क्लबमा आवद्ध रहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार