शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पेनाल्टी मिस गर्दा साउदी अरेबियासँग पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा

पेनाल्टी मिस गर्दा साउदी अरेबियासँग पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • पेनाल्टी मिस गर्दा साउदी अरेबियासँग पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा

    नेपाल एएफसी यू-२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलको पहिलो हाफमा बराबरीमा रोकिएको छ ।

    अहिले जारी खेलको पहिलो हाफमा नेपाल र साउदी अरेबिया गोलरहित बराबरीमा रोकिएका हुन् । नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध गोल गर्ने अवसर गुमाएको थियो ।

    यस अघि नेपालले भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५-० गोल अन्तरले पराजित भएको थियो । समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ । 

    प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ । नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

    आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू-२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू-२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार