शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

डीएभी कर्पोरेट फुटसल २०२५ सम्पन्न, डिश होम च्याम्पियन

डीएभी कर्पोरेट फुटसल २०२५ सम्पन्न, डिश होम च्याम्पियन

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • डीएभी कर्पोरेट फुटसल २०२५ सम्पन्न, डिश होम च्याम्पियन

    डी.ए.भी. बिजनेस स्कुल र ह्युमन रिसोर्सेज सोसाइटी नेपालको संयुक्त आयोजनामा दोस्रो संस्करणको ‘डी.ए.भी. कर्पोरेट फुटसल प्रतियोगिता २०२५’ राजधानीमा सम्पन्न भएको छ। जुलाई ३० देखि अगस्ट २ सम्म सञ्चालन भएको प्रतियोगिताले उद्योग, व्यवसाय र शैक्षिक क्षेत्रबीचको सहकार्यलाई मजबुत बनाउनुका साथै व्यावसायिक सञ्जाल विस्तार, समूहगत भावना र स्वस्थ जीवनशैली प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको आयोजकले जनाएको छ।

    ३२ कर्पोरेट टोलीको सहभागिता
    प्रतियोगितामा बैंकिङ, बीमा, सूचना प्रविधि, अटोमोबाइल, उत्पादन र ट्रेडिङ क्षेत्रमा क्रियाशील ३२ कर्पोरेट टोलीहरू सहभागी भएका थिए। प्रतियोगिता अघि टोलीका कप्तान, प्रबन्धक तथा प्रतिनिधिहरूले आयोजक समितिसँग छलफल गरेका थिए। छलफलको नेतृत्व डी.ए.भी. बिजनेस स्कुलका एमबीए कार्यक्रम संयोजक राजेश कुमार चौधरीले गरेका थिए। समापनमा चौधरीले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

    उद्घाटन समारोहमा उद्योग–शिक्षा सहकार्यको जोड
    प्रतियोगिताको उद्घाटन समारोहमा ह्युमन रिसोर्सेज सोसाइटी नेपालका अध्यक्ष टेकराज शर्माले उद्योग र शैक्षिक क्षेत्रबीचको साझेदारीको महत्त्वबारे प्रकाश पारे। उनले यस्ता कार्यक्रमहरूले व्यवसायिकता र नेतृत्व विकासमा सहयोग पुग्ने बताए।

    नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान भरत खवासले खेलकुदले मानसिक र शारीरिक स्वास्थ्य सुदृढ गर्न भूमिका खेल्ने बताए। डी.ए.भी. बिजनेस स्कुलका अध्यक्ष अनिल केडियाले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदलाई व्यावसायिक एकता र सहकार्यको माध्यमको रूपमा ब्याख्या गरे।

    डिश होमलाई उपाधि, कोड हिमालय उपविजेता
    लिग चरणका ३२ खेल र १५ नकआउट खेल पार गर्दै डिश होम प्रा.लि. र कोड हिमालय प्रा.लि. फाइनलमा पुगेका थिए। रोमाञ्चक फाइनल खेलमा डिश होम विजयी हुँदै च्याम्पियन बनेको हो। डिश होमले रु. १ लाख नगद, ट्रफी र मेडल प्राप्त गर्दा, उपविजेता कोड हिमालयले रु. ५५ हजार नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो।

    सहभागी टोली र सहयोगीलाई सम्मान
    सहभागी सबै टोली, प्रायोजक, रेफ्री र स्वयंसेवकहरूलाई आयोजकले प्रशंसापत्र प्रदान गरेको छ। आयोजकका अनुसार प्रतियोगिताले सहभागिता, सहकार्य र स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्न सफल भएको छ। सहभागी टोलीहरूले आगामी संस्करणमा अझ उत्साहपूर्वक सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका छन्। डी.ए.भी. बिजनेस स्कुलले प्रतियोगितामा सहयोग गर्ने ह्युमन रिसोर्सेज सोसाइटी नेपाल, सुजल डेरी प्रा.लि., सिप्रदी ट्रेडिङ प्रा.लि. र मुसक लगायत सबै साझेदार, प्रायोजक, स्वयंसेवक तथा सहभागीहरूलाई आयोजकले आभार प्रकट गरेको थियो । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार