शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी, आदिल ‘ग्रेड ए’ मा

एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी, आदिल ‘ग्रेड ए’ मा

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी, आदिल ‘ग्रेड ए’ मा

    दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ । एनपिएलले मंगलवार अक्सनमा सहभागी रहने १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो । अक्सनका लागि ४५८ जनाले आफ्नो नाम दर्ता गराएका थिए ।

    एनपिएलमा सहभागी ८ टोलीले इच्छाएका तथा नेपाल क्रिकेट संघ क्यानको प्राविधिक टोलीले बनाएको मापदण्डमा रहेका १५० खेलाडीलाई अन्तिम सूचीमा समावेश गरिएको हो । १५० खेलाडी विभिन्न श्रेणीमा विभाजन भएका छन् ।

    श्रेणी ‘ए’ मा ८ जना, श्रेणी ‘बी’ मा ३५ तथा श्रेणी ‘सी’ मा १०७ खेलाडी छन् । १५० जना खेलाडीले अन्तिम सूचीमा आफूूलाई पाए पनि जम्मा ३७ खेलाडीमा मात्र बोली लाग्नेछ । ‘ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुनम गौतम छन् ।

    कुन श्रेणीमा कति खेलाडी आवश्यक ?
    श्रेणी ‘ए’ – ४
    श्रेणी ‘बी’ – २३
    श्रेणी ‘सी’ – १०
    जम्मा – ३७

    न्युनतम र अधिकतम मूूल्य
    श्रेणी ‘ए’ न्यूनतम् १० लाख – अधिकतम १५ लाख
    श्रेणी ‘बी’ न्यूनतम् ५ लाख – अधिकतम १० लाख
    श्रेणी ‘सी’ न्युनतम २ लाख – अधिकतम ५ लाख

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार