शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतमाथि थप कर लगाउने ट्रम्पको घोषणा

भारतमाथि थप कर लगाउने ट्रम्पको घोषणा

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • भारतमाथि थप कर लगाउने ट्रम्पको घोषणा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि कर बढाउने बताएका छन् । ट्रम्पले रुसबाट किनेको तेल बेचेर भारतले ठुलो नाफा कमाई रहेको उल्लेख गर्दै भारतमाथि कर बढाउने बताएका हुन् ।

    उनले भनेका छन्- 'भारतले रुसबाट ठूलो मात्रामा तेल मात्र खरिद गरिरहेको छैन, तर यो तेलको ठूलो हिस्सा खुला बजारमा बेचेर ठूलो नाफा पनि कमाउँदैछ । उनीहरूलाई रुसको युद्ध मेसिनले युक्रेनमा कति मानिसहरूलाई मारिरहेको छ भन्ने वास्ता छैन। यस कारणले गर्दा, म भारतमाथि कर बढाउनेछु ।'

    यसअघि, जुलाई ३० मा ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा पनि गरेका थिए । उनले भारतले रुसबाट सैन्य उपकरण र तेल खरिद गर्न जारी राख्यो भने, विद्यमान करको अतिरिक्त थप जरिवाना पनि लगाउन सकिने बताएका थिए ।

    ट्रम्पले भारतले गरेको यो खरिदले रुसलाई युक्रेनमा युद्ध जारी राख्न मद्दत गरिरहेको बताउदै आएका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार