शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई झट्का, क्रिस वोक्स खेल्न नसक्ने

भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई झट्का, क्रिस वोक्स खेल्न नसक्ने

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई झट्का, क्रिस वोक्स खेल्न नसक्ने

    जारी भारतविरुद्धको पाँचौ टेस्टमा इङल्याण्डलाई ठुलो झट्का लागेको छ । टेस्टको पहिलो दिन घाइते भएका तिब्र गतिका बलर क्रिस वोक्स अब यस टेस्टको बाँकी दिन खेल्न नसक्ने भएका छन् । इङल्याण्ड क्रिकेट बोर्डले वोक्सले यस टेस्टमा अब अगाडी खेल्न नसक्ने जानकारी दिएको हो ।

    पहिलो दिनको खेलमा विहिबार करुण नायरको प्रहारमा बाउन्ड्री बचाउने प्रयास गर्दा वोक्स घाइते भएका थिए र मैदान छोड्नु परेको थियो । वोक्सले यस टेस्टमा अहिलेसम्म १४ ओभर बलिङ गरेका छन् र ४६ रनमा केएल राहुलको महत्त्वपूर्ण विकेट लिएका थिए ।

    वोक्सको चोटले इङल्याण्डको समस्या बढेको छ । यस टेस्टमा इन्जुरीका कारण कप्तान बेन स्टोक्स सहित केही प्रमुख खेलाडीहरू बाहिर रहेको बेला वोक्सलाई गुमाउनु इङल्याण्डका लागि ठुलो झट्का मानिएको छ ।

    ओभल टेस्टको पहिलो दिन बर्षाका कारणले केवल ६४ ओभरको खेल सम्भव भएको थियो । टस हारेर पहिला ब्याटिंग गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २०४ रन बनाएको छ । करुण नायर ५२ र वाशिंगटन सुन्दर १९ रनमा अविजित रहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार