शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध

‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध

    नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबमा आवद्ध भएकी छिन् । साम्बा सन् २०२५–२६ सिजनका लागि अष्ट्रेलियाको ‘ए’ लिग खेल्ने क्लब वेलिंगटनमा अनुबन्ध भएकी हुन् ।

    वेलिंगटन न्युजिल्याण्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन्। भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन्।

    फोनिक्सका कार्यवाहक मुख्य प्रशिक्षक एमी शेफर्डले सावित्राको आगमनलाई महत्वपूर्ण कदम बताउँदै भनिन्, ‘हामी सावित्रालाई स्वागत गर्न पाउँदा गर्वित छौं । उनले फ्रान्समा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेकी छन् । उनको अनुभव, नेतृत्व र आक्रमण क्षमताले हाम्रो टोलीलाई बलियो बनाउने छ ।’

    साम्बाले यसअघि फ्रान्सको एन अभान्ट ग्वेंगाम्पमा २ सिजन बिताएकी थिइन् । फ्रान्सअघि साम्बाले इजरायलको हापोएल रानानाबाट युरोपियन लिगमा डेब्यु गरेकी थिइन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार