शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दराजद्वारा ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा

दराजद्वारा ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा

आषाढ २३, २०८२ सोमवार
आषाढ २३, २०८२ सोमवार
  • दराजद्वारा ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा

    नेपालकै अग्रणी अनलाइन शपिंग प्लेटफर्म दराज नेपालले आफ्नो बहु—प्रतिक्षित ७.७, “ह्वाट द फ्ल्याश” सेलको घोषणा गरेको छ । ७०% सम्मको छूट, निःशुल्क डेलिभरी, र रु. ६० लाख बराबरका भौचरहरू सहित यो अभियान असार २३ (जुलाई ७) देखि असार २७ (जुलाई ११) सम्म चल्ने जानकारी दिइएको छ । सेल मार्फत नेपाली उपभोक्ताहरूलाई धमाकेदार किनमेल अनुभव प्रदान गर्ने लक्ष्य दराज नेपालले लिएको छ ।

    यस वर्षको ७.७ सेलमा स्थानिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको आकर्षक संयोजन देख्न पाइनेछ । जारा , एचएण्डएम, एचआरएक्स र यूएस पोलो लगायतका सात प्रतिष्ठित ब्रान्डले दराजमा आफ्नो कलेक्शन प्रस्तुत गर्नुका साथै प्रत्येकले ७—७ ओटा विशेष उत्पादनहरू केवल रु. ७७७ मा उपलब्ध गराउनेछन् । मामाअर्थ, भ्यान्स, कन्भर्स, नाइकी लगायतका सय भन्दा बढी अग्रणी एफएमसीजी तथा फेसन ब्रान्डहरूले फ्ल्याट ५०% छुट उपलब्ध गराउने छन् ।

    यसबाहेक उपभोक्ताहरुका लागि रोमाञ्चक अनुभव प्रदान गर्ने सोचका साथ, फास्टेस्ट फिंगर फ्ल्याश सेल मार्फत छानिएका उत्पादनहरु रु. ७, रु. ७७, रु. ७७७, र रु. ७,७७७ मा पाइने अफरहरू पनि उपलब्ध हुनेछन् ।

    ७.७ सेलको उद्देश्य केवल छुटमा मात्र सिमित भनई नेपाली उपभोक्ताका लागि उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्नुपनि हो । सेलले स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो तथा वेयरेबल्स, फर्निचर, होम डेकोर लगायत थप बिभिन्न श्रेणीमा अत्याधुनिक अफरहरूका साथ उपभोक्ताहरूलाई रोमाञ्चित बनाउने कम्पनीले आशा लिएको छ ।

    दराजले ग्राहकहरूका लागि बेस्ट प्राइस ग्यारेन्टिड (बीजीपी) सुविधा पनि प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत यदि कुनै ग्राहकले त्यही उत्पादन नेपालमा रहेको अरु कुनै अनलाइन प्लेटफर्ममा यसमा निर्धारित भन्खा सस्तो मूल्यमा पाउँछन् भने, दराजले तिनलई मूल्य अन्तरको दोब्बर रकम फिर्ता पुरस्कार स्वरुप प्रदान गर्नेछ । तर, यसका लागि सर्तहरू भने लागू हुनेछन् ।

    यस सेल अन्तर्गत, रु. ४९९ वा सोभन्दा बढी खर्च गरेपछि छानिएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले यस सुविधाको उपयोगार्थ, दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी भौचर संकलन गर्नुपर्ने हुन्छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार