शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

थाइल्याण्डमा दुई दिनमा दोस्रो प्रधानमन्त्री

थाइल्याण्डमा दुई दिनमा दोस्रो प्रधानमन्त्री

आषाढ १९, २०८२ बिहिवार
आषाढ १९, २०८२ बिहिवार
  • थाइल्याण्डमा दुई दिनमा दोस्रो प्रधानमन्त्री

    थाइल्याण्डले दुई दिनमा दोस्रो प्रधानमन्त्री पाएको छ । गृहमन्त्री फुम्थम भेचायचाईले बिहीबार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले २४ घण्टाका लागि प्रधानमन्त्री रहेका सूर्य जुङ्रुङ्ग्रेङ्किटलाई प्रतिस्थापन गरेको स्थानीय मिडियाले बताएका छन् ।

    सूर्य जुङ्रुङ्ग्रेङ्किटलाई बुधबार देशको कार्यवाहक प्रधानमन्त्री नियुक्त गरिएको थियो । ७० वर्षीय सूर्यले जुन १ मा पदबाट हटाइएका निलम्बित प्रधानमन्त्री पेटोङ्टार्न शिनावात्रालाई प्रतिस्थापन गरेका थिए ।

    शिनावात्रामाथि एक वरिष्ठ कम्बोडियाली नेतासँग फोनमा कुराकानी गरेको आरोप लागेको छ, जुन सार्वजनिक भएको थियो र यसलाई मन्त्री पदको नैतिक नियमको उल्लङ्घन मानिएको थियो ।

    थाई सरकारले बिहीबार सामाजिक सञ्जालमा भनेको छ, नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकमा फुम्थमलाई कार्यवाहक प्रधानमन्त्री बनाउने सहमति भएको छ । यो बैठक थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउँदा भएको थियो ।

    प्रधानमन्त्री पियटोङटार्नको कम्बोडियाली नेतासँगको कुराकानीको भिडियो लीक भएको थियो । यसमा प्रधानमन्त्री पियटोङटार्नले कम्बोडियाली नेता हुन सेनलाई 'अंकल' भनेर सम्बोधन गरेको र थाई सेना प्रमुखलाई आफ्नो प्रतिद्वन्द्वी भनेकी थिइन् ।

    कम्बोडिया र थाइल्याण्डबीच जारी सीमा विवाद चलिरहेको बेला यस्तो अडियो लिक भएपछि विपक्षी दलले यसलाई मुद्दा बनाएको थियो । यस विषयमा थाइल्याण्डको संबैधानिक अदालतले निलम्बित गरेपछि शिनावात्राको प्रधानमन्त्री पद गएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार