शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अमेरिका भ्रमणमा जादै नेतान्याहू

अमेरिका भ्रमणमा जादै नेतान्याहू

आषाढ १७, २०८२ मंगलवार
आषाढ १७, २०८२ मंगलवार
  • अमेरिका भ्रमणमा जादै नेतान्याहू

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिका भ्रमणमा जाने भएका छन् । नेतान्याहू आगामी सोमबार वाशिंगटन डीसी पुग्ने बताएका छन् । उनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने कार्यक्रम तय भएको छ ।

    यो भ्रमण त्यस्तो समयमा भइरहेको छ जब राष्ट्रपति ट्रम्पले गाजामा युद्ध अन्त्य गर्न र युद्धबन्दीहरूलाई रिहा गर्न इजरायली सरकारमाथि दबाब बढाइरहेका छन् ।

    इजरायलका रणनीतिक मामिला मन्त्री रोन डर्मरको वाशिंगटन भ्रमणको लगत्तै नेतान्याहूको भ्रमण हुन लागेको हो । डर्मरले यस हप्ता अमेरिकी अधिकारीहरूसँग गाजा युद्धविराम, इरान र अन्य मुद्दाहरूमा छलफल गरेका थिए ।

    गत हप्ता शुक्रबार ट्रम्पले सार्बजनिक रुपमा अर्को एक हप्ता भित्र गाजामा युद्धविराम हुने बताएका थिए ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार