शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

आषाढ ९, २०८२ सोमवार
आषाढ ९, २०८२ सोमवार
  • दरमखोला हाइड्रो इनर्जीको आईपीओ खुल्यो

    दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (सोमबार) देखि आईपीओ निष्काशन गरेको हो ।

    कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्ला मुसीकोट नगरपालिका, बाग्लुङ जिल्ला गल्कोट नगरपालिका र बाग्लुङ जिल्ला बडीगाड गाउँपालिकाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो ।

    यसैगरी, १०० रुपैयाँ अंकित दरका २ लाख ९१ हजार ९५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको हो । उक्त आईपीओका लागि असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । 

    यस आईपीओको विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले लिएको छ भने आईपीओ निष्काशन, आवेदन संकलन र बाँडफाँडको सम्पूर्ण कार्यको व्यवस्थापन गर्नेछ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार