शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

डेरी उद्योग आफैं समस्यामा भएकाले भुक्तानी रोकिएको होः प्रल्हाद दाहाल

डेरी उद्योग आफैं समस्यामा भएकाले भुक्तानी रोकिएको होः प्रल्हाद दाहाल

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • डेरी उद्योग आफैं समस्यामा भएकाले भुक्तानी रोकिएको होः प्रल्हाद दाहाल

    नेपाल डेरी एशोसियसनका अध्यक्ष प्रल्हाद दाहालले डेरी उद्योगहरु आफैंपनि समस्यामा परेका कारण किसानको भुक्तानी रोकिएको बताएका छन् । क्रममा उनले यतिबेला समग्र डेरी क्षेत्रको चेन बिग्रिएर आफैं समस्यामा परेकाले किसानको भुक्तानी समयमा दिन नसकिएको बताएका हुन् ।

    करिब साढे दुई वर्षदेखि नेपालका डेरी उद्योगहरु समस्यामा परेका कारण पछिल्लो समय उद्योगीले किसानलाई पैसा दिएनन र किसानले पाएनन भन्ने चर्चा व्यापक रुपमा चलेको उनको भनाइ छ । तर उद्योगीले किन किसानलाई भुक्तानी दिन सकेनन भन्ने कुराको वास्तविकता बाहिर नआएको उनले बताए । यसको वास्तविकता विगतमा महामारीको रुपमा देखिएको कोभिडसँग जोडेर हेर्नुपर्ने उनको भनाइ छ ।

    Photo (2) (1).jpg

    ‘दुध भनेको अन्य बस्तु जस्तो लामो समयसम्म मौज्दात गरेर राख्न पनि मिल्दैन, त्यसलाई धुलो वा बटर बनाएर राख्नलाई थप लगानी लाग्छ । कोभिडसँगै डेरी क्षेत्र अझ बढी समस्यामा परे । किनभने कोभिडका कारण दुध खपतमा कमी आयो र किसानको दुध खेर जाने अवस्था सिर्जना भयो । हामीले दुध खेर जान नदिन जसरी हुन्छ दुध नफालौं भन्ने भएर धुलो दुध र बटरमा कन्र्भट गर्दै गएपछि ५/६ अर्ब रुपैयाँको मौज्दात रहन गयो,’ उनले भने । कोभिडबाट तंग्रिदै गर्दा फेरी लम्पीस्कीन रोग आयो जसले गर्दा त्यस्तो रोग लागेका गाईबस्तुको दुध खानु हुँदैन भन्ने भ्रम फैलियो  । तर कुनैपनि डाक्टरले त्यस्तो रोगबाट ग्रस्त गाइबस्तुको दुध खान हुँदैन भनेको छैन् । बढ्दो युवा विदेशीने क्रमले गर्दा पनि खपतमा असर गर्यो । पछिल्लो समय आर्थिक मन्दीको पनि असर पर्न थाल्यो । जसले गर्दा मान्छेको आम्दानीमा प्रभाव पर्यो त्यसकारण खपत घटाउन अझ समस्या भयो यस्ता अनेक कारणले डेरीहरु समस्यामा छन् ।’

    पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको कारण व्यापार व्यवसाय बिग्रएर पनि कतिपय मान्छेहरु गाउँतर्फ बसाइँ सरेर गएको र उनीहरुले पनि गाउँमा गएर पशुपालन गरेपछि दुध उत्पादनमा वृद्धि हुनगई डेरी उद्योगहरुले झन धेरै दुध खरिद गर्ने र धुलो दुध बनाउनुपर्ने बाध्यता भएको उनको भनाई छ ।

    जसलेगर्दा अन्य बेलाको तुलनामा प्रतिदिन ६/७ लाख लिटर दुध बढी उत्पादन भएको र धुलो दुध र बटरको मौज्दात हरेक वर्ष थपिदै गएको उनको भनाई छ । ‘यस्ता समस्या देखाएर उद्योगीले किसानको पैसा दिन नखोजेको होइन् । जस्तै किसानसँग दुई लाख रुपैयाँको दुध किनियो भने त्यसमध्ये २० हजार जति अर्कोचोटिलाई बाँकी राखेर दिइएको छ । त्यस्तो पैसा बढ्दै गएर अहिले एकै पटक धेरै जस्तो देखिएको हो । तर त्यस्तो धेरै समस्या पनि अहिले होईन् । हामीले भुक्तानी दिनुपर्ने र लिनुपर्नेहरुसँगको पनि छलफल गरेका छौं,’ उनले भने ।

    ‘दैनिक ७२ लाख लिटर दुध उत्पादन हुन्छ, ३६ लाख लिटर दुध बजारमा आउँछ त्यसमध्ये १७ प्रतिशत औपचारिक क्षेत्रमा जान्छ र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत जान्छ । त्यसकारण औपचारिक क्षेत्रको मात्रै दैनिक करीब ८० देखि ९० करोड रुपैयाँ सम्मको व्यापार हुन्छ भनेपछि अहिले पनि किसानले नै भनेको कुरा ५ अर्ब हो । यति ठुलो व्यापारमा त यो सानो रकम हो ।’

    Photo (1).jpg

    सबै उद्योगीले किसानलाई पैसा दिन बाँकी नरहेको बताउँदै उनले सबै उद्योगीलाई एउटै बास्केटमा राखेर हेर्न नहुने तर्क गरेका गरेका छन् । आफुले किसानलाई पैसा भुक्तानी गर्न बाँकी नरहेको दावी गर्दै उनले डेरी एशोसियसनका सदस्यहरु मध्ये छुर्पि निर्यात हुन नसकेका ४/५ जनाको मात्रै भुक्तानी बाँकी रहेको दाबी गरे । डेरी क्षेत्रको चेन प्रणालीमा समस्या आएकाले नै अहिलेको सबै समस्या भइरहेको बताउँदै दाहालले कसैले बेइमानी गरेको वा किसाको पैसा नदिएर अन्यत्र लगानी नगरेको बताए ।

    दुध उत्पादक किसानले सिधै उद्योगीलाई दुध बेच्ने नभई उद्योगी र किसानको बचिमा ४÷ ५ ओटा तह भएकोले त्यसमा पनि समस्या रहेको उनको भनाई छ । जसले गर्दा सबैतिर समस्या थपिँदा अहिले त्यो ठुलो समस्याको रुपमा बाहिर आएको उनको दाबि छ । तर बाहिर उद्योगीले पैसा दिएनन भन्ने व्यापक चर्चा हुँदा उद्योगीपनि समस्यामा छन भन्ने कुरा तर्फ कसैले ध्यान नदिनु दुखद रहेको उनले बताए । उनका अनुसार यतिबेला करीब १ अर्ब रुपैयाँ बराबरको १५ देखि २० लाख केजी बटर मौज्दात रहेको छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार