शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भाई मुकुल देवको मृत्यु बारे राहुल देव भन्छन्- उनको जीवनमा रुचि समाप्त भएको थियो !

भाई मुकुल देवको मृत्यु बारे राहुल देव भन्छन्- उनको जीवनमा रुचि समाप्त भएको थियो !

आषाढ ३, २०८२ मंगलवार
आषाढ ३, २०८२ मंगलवार
  • भाई मुकुल देवको मृत्यु बारे राहुल देव भन्छन्- उनको जीवनमा रुचि समाप्त भएको थियो !

    बलिवुड अभिनेता राहुल देवले आफ्ना भाई मुकुल देवको मृत्यु भएको विषयमा जानकारी दिएका छन् । राहुल देवले मुकुलको मृत्यु डिप्रेसनका कारण नभएर उनको खराब खानपान बानीका कारण भएको बताएका हुन् । 

    राहुल देवले 'टाइम्स अफ इन्डिया' लाई दिएको एक अन्तर्वार्तामा भाइ मुकुल देवको मृत्युको कारण बताएका छन् । उनले भने, 'उनी साढे आठ दिनसम्म आईसीयूमा थिए । चिकित्सकीय रूपमा, यो खराब जीवनशैलीको परिणाम थियो । पछिल्लो चार-पाँच दिनमा उनले खानपान पूर्ण रूपमा छोडेका थिए । अवश्य पनि, उनले एक्लो महसुस गरे र जीवनमा उनको रुचि समाप्त भयो, उनले धेरै कामका प्रस्तावहरू अस्वीकार गरेका थिए ।'

    राहुल देवले मुकुलले लेखनमा आफूलाई डुबाइदिएको र एक्लै बस्न मन पराउन थालेको बताएका छन् ।  मुकुलको मृत्युपछि धेरै रिपोर्टहरूले उनी डिप्रेसनबाट पीडित भएको दाबी गरिएको थियो । यसबारे आफ्नो मौनता तोड्दै राहुलले भने, 'अहिले बोल्ने मानिसहरू उनीसँग सम्पर्कमा पनि थिएनन् । उनको तौल बढेको थियो । जब कसैले आफ्नो ख्याल राख्न छोड्छ, यस्तो हुन्छ ।' राहुलले प्रश्न गर्दै भने- २०१९ र २०२४ बीच कसले वास्तवमै उनीसँग सम्पर्कमा रह्यो ? के उनी अस्पतालमा हुँदा भेट्न गए वा उनको प्रार्थना सभामा उपस्थित भए ?'

    मुकुलको २३ मे मा दिल्लीमा मृत्यु भएको थियो । उनी 'सन अफ सरदार', 'यमला पगला दीवाना' र 'आर... राजकुमार' जस्ता फिल्महरूमा अभिनय गरेका थिए । ५४ बर्षिय मुकुलले 'घरवाली ऊपरवाली', 'कशिश', 'श्ह...फिर कोई है', 'कुमकुम - एक प्यारा सा बन्धन' जस्ता धेरै टिभी सिरियलहरूमा काम गरेका थिए । 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार