शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

जेठ ३१, २०८२ शनिवार
जेठ ३१, २०८२ शनिवार
  • अस्पतालको होस्टेलको छतमा भेटियो दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स

    भारतको अहमदाबादमा भएको एयर इन्डियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अस्पतालको होस्टेल भवनको छतमा फेला परेको छ ।

    भारतको उड्डयन मन्त्रालयले विमानको ब्ल्याक बक्स होस्टेल भवनको छतमा भेटिएको जानकारी दिदै यस दुर्घटनाको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए) सहित ७ एजेन्सीहरूले अनुसन्धानमा गरिरहेको जानकारी दिएको छ ।

    विमान दुर्घटनाग्रस्त हुदा बीजे मेडिकल कलेजको होस्टेलमा ५० भन्दा बढी रहेको र उनीहरु मध्ये ४ एमबीबीएस विद्यार्थी र एक डाक्टरकी श्रीमतीको मृत्यु भएको छ बताइएको छ ।

    यसअघि शुक्रबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदी विमान दुर्घटनास्थल अहमदाबाद पुगेका थिए । उनले घटनास्थलको भ्रमण गरेपछि सिभिल अस्पतालमा गएर उपचारत घाइतेलाई भेट गरेका थिए ।

    एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर उडान एआई-१७१ बिहीबार दिउँसो १:३८ बजे अहमदाबादबाट लन्डनका लागि उडेको थियो । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगिज र एक क्यानेडियन नागरिक सहित जम्मा २३० यात्रु थिए। त्यसको दुई मिनेटपछि नै विमान दुर्घटनाग्रस्त भएको थियो ।

    तीमध्ये १०३ पुरुष, ११४ महिला, ११ बालबालिका र २ नवजात शिशु थिए । बाँकी १२ जना चालक दलका सदस्य थिए । यस घटनामा भारतीय मुलका बेलायती नागरिक विश्वास कुमार रमेश सकुशल रहेका छन् ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार