शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारद्वारा पक्राउ

मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारद्वारा पक्राउ

जेठ २९, २०८२ बिहिवार
जेठ २९, २०८२ बिहिवार
  • मधेश प्रदेशका सांसद सरोजकुमार सिंह अख्तियारद्वारा पक्राउ

    मधेश प्रदेशका सांसद सरोजकुमार सिंह कुश्वाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका छन्।सांसद कुश्वाहालाई अख्तियारको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो।

    सांसद विकासको रकम स्थानिय उपभोक्ता समितिमार्फत कमिशन लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले सांसद कुश्वाहालाई पक्राउ गरेको हो। उनले २०७६ सालदेखि २५ देखि ३० प्रतिशत रकम सिधै बैंक खातामा जम्मा गरेको खुलेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंहमाथि योजना बिक्री गरेको आरोप छ।

    अख्तियारका अनुसार उनले विभिन्न आयोजनामा आफूअनुकूल उपभोक्ता समिति गठन गरेर सांसद विकास कोषको रकम श्रीमती र स्वकीय सचिव विनोदकुमार कायस्थको खातामा राखेको पाइएको छ।

    अख्तियारको टोलीले गत जेठ १३ गते उनको घरमा छापा हानेर स्वकीय सचिव कायस्थलाई पक्राउ गर्नुका साथै सिंहको मोबाइल जफत गरेको थियो । पक्राउ परेका सिंहमाथि अख्तियारले थप अनुसन्धान गर्नेछ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार