शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

डेभिड बेकह्यामले 'नाइटहुड' को उपाधि पाउदै

डेभिड बेकह्यामले 'नाइटहुड' को उपाधि पाउदै

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • डेभिड बेकह्यामले 'नाइटहुड' को उपाधि पाउदै

    इङल्याण्डका पुर्व फुटबलर डेभिड बेकह्यामले 'नाइटहुड' को उपाधि पाउने भएका छन् । बिबिसीका अनुसार ५० वर्षीय बेकह्यामलाई राजा चार्ल्सले आफ्नो जन्मदिनको अवसरमा 'नाइटहुड' को सम्मान दिन लागेका हुन् । इङल्याण्डका पुर्ब फुटबल कप्तानलाई २००३ मा ब्रिटिश साम्राज्यको अर्डर (ओबिई) को अधिकारी नियुक्त गरिएको थियो ।

    अब बेकह्यामले आफ्नो फुटबल करियर र ब्रिटिश समाजमा गरेको विशेष योगदानका लागि थप सम्मान पाउने लाइनमा रहेका छन् ।बेकह्यामले आफ्नो देशका साथै म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, एलए ग्यालेक्सी, पेरिस सेन्ट-जर्मेन र एसी मिलानका लागि फुटबल खेलेर २०१३ मा अवकाश लिएका थिए ।

    बेकह्यामलाई पहिलो पटक २०११ मा नाइटहुड उपाधिको लागि मनोनयन गरिएको बताइएको छ । बेकह्यामले लन्डन २०१२ ओलम्पिक सुरक्षित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए भने २००५ देखि युनिसेफका लागि राजदूत रहेका छन् । विश्वभरका कमजोर बालबालिकाहरूलाई सहयोग गर्ने युनिसेफले २०१५ मा दुई बीचको दशकको साझेदारीको सम्झनामा 'द डेभिड बेकह्याम युनिसेफ कोष' सुरु गरेको थियो । 

    बेकह्याम २०२४ मा द किंग्स फाउन्डेसनको लागि राजदूत बनेका थिए, जसले किंग चार्ल्सको शिक्षा कार्यक्रम र युवाहरूलाई प्रकृतिको बारेमा बढी बुझाइ सुनिश्चित गर्ने प्रयासहरूलाई समर्थन र प्रचारको काम गरिरहेका छन् ।

    बेकह्याम हाल लिग टु साइड साल्फोर्ड सिटीका शेयर होल्डर हुन् भने अमेरिकाको मेजर लिग सकर टिम इन्टर मियामीका अध्यक्ष र सह(मालिक पनि हुन् । साथै उनले इन्टर मियामी सीएफ फाउन्डेसन स्थापना गरेका छन् र समुदायमा फुटबललाई उत्प्रेरकको रूपमा प्रयोग गर्दै विपन्न समुदायहरूलाई सशक्त बनाउने काम गर्दछ ।

    नाइटहुडको सम्मान बेलायतमा समाजमा विशेष योगदान गर्ने व्यक्तिलाई राजाले दिने गर्दछन् । यो सम्मानपछि बेलायतमा उनीहरुको नामको अगाडी सरु लेख्ने गरिन्छ ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार