शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सप्तकोशीमा बेपत्ता सुरक्षाकर्मी खोज्न ३५ जनाको टोली परिचालन, एकको शव फेला

सप्तकोशीमा बेपत्ता सुरक्षाकर्मी खोज्न ३५ जनाको टोली परिचालन, एकको शव फेला

जेठ २३, २०८२ शुक्रवार
जेठ २३, २०८२ शुक्रवार
  • सप्तकोशीमा बेपत्ता सुरक्षाकर्मी खोज्न ३५ जनाको टोली परिचालन, एकको शव फेला

    विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ ।

    उक्त टोलीले बेपत्ता भएका सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव केहीबेरअघि सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

    हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी छ । बिहीबार सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोमा परेकालाई उद्धारका लागि बिहीबार गरिरहेको अभ्यासका क्रममा दुवैजना डुबेर बेपत्ता भएका थिए।

    सशस्त्र प्रहरीको बर्दिबासस्थित मधेश प्रदेश कार्यालयबाट बिहीबार कोशी बराजस्थित सप्तकोशी नदीमा उद्धार अभ्यास गरिएको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार