शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध

कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध

जेठ १७, २०८२ शनिवार
जेठ १७, २०८२ शनिवार
  • कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध

    कोशी प्रदेशका ४ जिल्लाका ७ स्थानमा सडक अवरुद्ध भएका छन्। मनसुन प्रवेश गरेको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको हो ।

    कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड यतिबेला अवरुद्ध बनेका छन् । इलामको माई नगरपालिका-७ मा महमाई-इलाम-लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । अहिले त्यहाँ बाटो एकतर्फी सञ्चालनमा रहेको छ ।

    त्यस्तै धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको छ । सोही गाउँपालिकामा लेउदी खोलाले १०० मिटर कटान गर्दा कोशी लोकमार्ग अवरुद्ध भएको छ ।

    साँगुरीगढी गाउँपालिका-५ डाँडाँबजार , लुम्फाजुङ, कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ । यसले रवी-राँके सडक अवरुद्ध बनेको प्रहरीको भनाई छ । धनकुटाकै चौबिसे गाउँपालिका ४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।

    उता सुनसरीको बराहक्षेत्र नगरपालिका-१ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा-बराह क्षेत्र सडक अवरुद्ध ५ । यस्तै उदयपुरमा बेलका नगरपालिका-८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झरेको छ । यसले मैनामैनी-चुहार-भोजपुर सडक अवरुद्ध छ ।

    502686057_1129796715847492_3633868102082736314_n

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार