गायिका रचना रिमालले एक व्यक्तिले आफ्नो शरीरमा आफ्नो आँखाको ट्याटु बनाएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले उक्त ट्याटुको तस्बिर सेयर गरेकी हुन् ।
उक्त ट्याटुको तस्बिर सेयर गर्दै रिमालले आफू निकै भावुक भएको बताएकी छिन् । जसलाई आफूले शब्दमा बयान गर्न नसक्ने उनको भनाई छ ।
“मेरो नाम र आँखाहरूको ट्याटु आफ्नै शरीरमा कुँदेर देखाएको माया र सम्मान देख्दा मन निकै भावुक भयो, यति गहिरो सम्बन्धको अनुभूति शब्दले बयान गर्न सक्दिन”, सामाजिक सञ्जालमा उनले लेखेकी छिन्, “धन्यवाद हजुरलाई, यो मेरो लागि अमूल्य हो ।”
उनले आफ्नो आँखाको ट्याटु खोप्ने व्यक्ति को हो भन्ने कुरा चाहिँ खोलेकी छैनन् । यद्यपि कतिपयले सामाजिक सञ्जालमा उक्त ट्याटु उनकै प्रेमीले खोपेको अनुमान गरेका छन् ।