शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दीपा पक्राउ

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दीपा पक्राउ

बैशाख २९, २०८२ सोमवार
बैशाख २९, २०८२ सोमवार
  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दीपा पक्राउ

    वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–५ घर भएकी ३३ वर्षीया दीपा कुमारी पोख्रेल पक्राउ परेकी हुन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार पोख्रेलले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै २ लाख रुपैयाँ लिएकी थिइन् । तर, उनी लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएकी थिइन् ।

    पीडितले दिएको जाहेरी अनुसार उनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–५ बाट पक्राउ गरिएको उपरीक्षक आचार्यले जानकारी दिए । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार