शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • सिरहाको गोलबजारमा राजेन्द्र लिङ्देनको पुतला दहन

    नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवका छोरा भाटभटेनीमा भएको लुटपाटमा संलग्न रहेको असत्य अभिव्यक्ति दिएको भन्दै तरुण दल सिरहाले गोलबजारमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको पुतला दहन गरेको छ ।

    आज अपरान्ह गोलबजार चोकमा एकत्रित भएका तरुण दलका युवाहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए । उनीहरुले पूर्व पश्चिम राजमार्ग समेत केही समयका लागि अवरुद्ध बनाएका थिए । 

    लिङदेन विरुद्ध चर्का नारावाजी गर्दै तरुण दल समर्थित युवाहरुले संसद भवनमा झुटा वयान दिएर नेपाली कांग्रेसका एक प्रतिष्ठित नेताको बदनाम गर्ने काम गरेको भन्दै आक्रोस पोखेका थिए । तरुण दलका युवाहरु लिङ्देनको पुतला दहन गर्दै कोण सभा पनि गरेका थिए ।

    तरुण दलका नेता अरविन्द मण्डलको नेतृत्वमा सो विरोध कार्यक्रम भएको थियो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार